सूर्य नेपाल एनपिजीए टुर च्याम्पियनसिप आजदेखि सुरू

सूर्य नेपाल एनपिजीए टुर च्याम्पियनसिप आजदेखि सुरू

केन्द्रबिन्दु
0
Shares

सूर्य नेपाल गल्फ टुर २०२२/२३ अन्तर्गतको सातौँ प्रतियोगिता सूर्य नेपाल एनपिजीए टुर च्याम्पियनसिप सोमबारबाट सुरु हुने भएको छ ।  गोकर्ण गल्फ क्लबमा चार दिन चल्ने प्रतियोगितामा ७२ होलमा प्रतिष्पर्धा हुने सूर्य नेपालले जनाएको छ । 

३२ व्यवसायिक गल्फर र आठ एमेच्योरले सहभागिता हुने प्रतियोगिताको सुरुवाती ३६ होलपछि शीर्ष २१ प्रो र शीर्ष ६ एमेच्योरले कट बनाउने छन् ।

प्रतियोगितामा भुवन नगरकोटी, जयराम श्रेष्ठ, सञ्जय लामा, धन थापा, रामे थापा मगर, निरज तामाङ,  रवि खड्का, सद्भाव आचार्य , सुवास तामाङ  लगायतले प्रतिष्पर्धा गर्नेछन् । प्रतियोगिताको विजेताले एक लाख ४० हजार, उपविजेताले ९० हजार तथा तेस्रो स्थान हासिल गर्नेले ६७ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

Logo