सिरहामा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

सिरहामा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

सिरहाको लहान-ठाडी सडकखण्ड अन्तर्गत प्रयागपुरमा मोटरसाइकल एकापसमा ठोक्किँदा आइतबार राति एक जनाको मृत्यु भएको छ। पाँच जना घाइते छन् ।

जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार स. ४ प ५५१६ नम्बर र प्रदेश २-०१-००३-३२८९ नम्बरको मोटरसाइकल आइतबार राति ८ बजे एकापसमा ठोक्किँदा घाइते भएका सिरहा सखुवानन्कारकट्टी गाउँपालिका-४ का २२ वर्षीय अमित पासवानको लहानस्थित सप्तऋषि अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

घाइतेहरुको लहानस्थित सप्तऋषि अस्पतालमा उपचारपछि थप उपचारका लागि विराटनगर पठाइएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएकाे छ । 

Logo