काठमाडौँ रेलमार्गको चिनियाँ टोलीद्वारा फिल्ड सर्भे सुरु

काठमाडौँ रेलमार्गको चिनियाँ टोलीद्वारा फिल्ड सर्भे सुरु

केन्द्रबिन्दु
0
Shares

 काठमाडौँ रेलमार्गको सम्भाव्यता अध्ययनका लागि चिनियाँ प्राविधिक टोलीले फिल्ड सर्भेको काम सुरु गरेको छ ।

चीनबाट आएको टोलीले रेलमार्गको पूर्वसम्भाव्यता अध्ययन सम्पन्न गरेपछि फिल्ड सर्भेको काम सुरु गरेको हो ।सम्भाव्यता अध्ययनका लागि काठमाडौँ आएको टोलीले पहिलो चरणमा फिल्ड सर्भेको काम गर्ने रेल विभागले जनाएको छ ।

चीन र नेपालको संयुक्त टोलीले फिल्ड सर्भे गरेपछि सम्भाव्यता अध्ययन प्रक्रिया अगाडि बढाउने सम्बन्धमा छलफल गरिने रेल विभागले जनाएको छ। प्रारम्भिक अध्ययन अनुसार यसको सम्भाव्यता अध्ययन सक्न ४२ महिना लाग्ने छ। अहिले चीनियाँ प्राविधिक टोलीले रसुवागढी स्याफ्रुबेसी हुँदै धुन्चे र काडमाडौँ त्रिशुली बेत्रावती हुँदै धुन्चे गरी दुई तिरबाट सर्भे गरिरहेको छ। 
 

Logo