जिल्ला ट्राफिक प्रहरी कार्यालयले धनगढीको मोहनापुल अत्तरिया ६ लेन सडक खण्डमा ट्राफिक सङ्केतहरू राख्न थालेको छ ।उपमहानगरपालिकाको सहयोगमा ट्राफिक प्रहरीले ठाउँ-ठाउँमा ट्राफिक सङ्केतहरू राख्न थालेको हो ।
६ लेन सडकमासवारी चालक र पैदल यात्रीहरूले जथाभाबी लेन प्रयोग गर्दा दुर्घटनाको जोखिम बढेपछि धनगढी सङ्केत राख्न थालिएको प्रहरीले जनाएको छ ।
सोमबार जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक वीरेन्द्र जोहारीसहित ट्राफिक प्रहरीले धनगढी चौराहदेखि मिलनचोक, बोराडाँडी, राजपुरखण्डमा साङ्केतिक चिह्न अङ्कित बोर्ड लगाइरहेका छन् ।
प्रतिक्रिया