आवेदकको पैसा फिर्ता गर्न रेल्वे कम्पनीले निकाल्यो ३५ दिने सूचना

आवेदकको पैसा फिर्ता गर्न रेल्वे कम्पनीले निकाल्यो ३५ दिने सूचना

केन्द्रबिन्दु
0
Shares

नेपाल रेल्वे कम्पनी लिमिटेडले दरखास्त दस्तुर वापतको रकम फिर्ता गर्ने भएको छ ।

बुधबार कम्पनीले प्रकाशित गरेको सूचनाअनुसार करारमा कर्मचारी भर्ना गर्ने स्वीकृती प्राप्त भएर प्रकृया अगाडि बढाइएपनि लोकसेवा आयोगले पदपूर्ति सम्बन्धी प्रकृया स्थगित गर्न निर्देशन दिएको थियो ।

 सूचनामा निवेदकहरूलाई आजको मितिले ३५ दिनभित्र कार्यालय समयमा निवेदन दिन सूचित गरिएको छ । यस्तै मन्त्रिपरिषद्ले समेत प्रकृया रद्द गरेसँगै आवेदकको दरखास्त दस्तुर वापतको रकम फिर्ता दिने निर्णय भएको कम्पनीले जनाएको छ। 

 

Logo