गंगादेव गाउँपालिकाका वडाअध्यक्षको घरबाट पेस्तोल बरामद

गंगादेव गाउँपालिकाका वडाअध्यक्षको घरबाट पेस्तोल बरामद

केन्द्रबिन्दु
0
Shares

रोल्पाको गंगादेव गाउँपालिका–४ का वडाअध्यक्ष कृष्ण वलीको घरबाट हतियार बरामद भएको छ ।

गत चैत ३० मा पालिकाको रा१झ १९१ नम्बरको स्कारपियो गाडी तोडफोड गरेको आरोप लागेका वडाअध्यक्ष वलीको घरबाट प्रहरीले हतियार र गोलीसमेत फेला पारेको हो । दुवै मुद्दामाथि अनुसन्धान गर्न प्रहरीले वलीलाई आइतबार नियन्त्रणमा लिएको छ ।

उनको घरटबार कालो रङको एक साइडमा ७ दशमलव ६५ अटो पिस्तोल र ७७०११ नम्बर लेखिएका ९ राउन्ड गोली र अर्को साइडमा पेस्तोबेराता मेड इन इटली लेखेको म्याग्जिन सहितको एक थान पेस्तोल फेला परेको थियो । यस्तै के एफ ७ दशमलब ६५ लेखेको तीन राउण्ड गोली भेटिएको थियो ।

उनीविरुद्ध हातहतियार तथा खरखजनासम्बन्धी कसुरमा रोल्पा जिल्ला अदालतबाट आइतबार १४ दिनका लागि म्याद थप गरेर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

Logo