करेन्ट लागेर मृत्यु भएका मजदुरको परिवारलाई सात लाख राहत प्रदान

करेन्ट लागेर मृत्यु भएका मजदुरको परिवारलाई सात लाख राहत प्रदान

केन्द्रबिन्दु
0
Shares

ग्रील सम्बन्धी काम गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएका मजदुरको परिवारलाई ग्रील तथा स्टिल व्यवसायी सङ्घ रुपन्देहीले सात लाख रुपैयाँ राहत प्रदान गरेको छ । 

बुटवल इन्जिनियरिङ वर्क्रसका  कामदार  तिलक थारुको गत साउन ९ गते कामको सिलसिलामा कपिलवस्तुमा करेन्ट लागेर मृत्यु भएकोमा उनको परिवारले ७ लाख रुपैयाँ राहत पाएको हो । 

सङ्घले एक कार्यक्रमकाबीच मृतक थारुकी श्रीमती निशाकुमारी थारुलाई ७  लाख रुपैयाँको चेक दिएको हो । 
 

Logo