म्यानमारकाे यंगुनबाट–भैरहवा सिधा उडानको तयारी

म्यानमारकाे यंगुनबाट–भैरहवा सिधा उडानको तयारी

केन्द्रबिन्दु
0
Shares

म्यानमारको राजधानी यंगुनबाट भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सिधा हवाई सेवा सञ्चालनको तयारी भएको छ ।

नेपाल पर्यटन बोर्डको पहलमा दुई देशबीचको सिधा हवाई उडानका लागि उच्चस्तरीय छलफल सुरु भएको हो ।छलफलका क्रममा नेपाली पक्षले म्यानमारबाट भैरहवा सिधा उडानका लागि म्यानमार तयार रहे आवश्यक सहयोगका लागि नेपाल तयार रहेको बताउँदै म्यानमारको टोलीलाई थप प्रक्रिया अगाडि बढाउन आग्रह गरेको छ । 

बौद्ध धर्मावलम्बी भएको देश म्यानमारबाट सिधा उडान गर्न सके  लुम्बिनीको पर्यटन प्रवर्द्धन गर्न सहयोग मिल्ने अपेक्षासहित बोर्डले यो पहल गरेको हो ।

यसका लागि बोर्डले मङ्गलवार नेपालका लागि म्यानमारका राजदूत र म्यानमारका लागि नेपाली राजदूत, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उच्च अधिकारी, लुम्बिनी विकास कोषका पदाधिकारी तथा म्यानमार नेशनल एयरलाइन्सका कार्यकारी प्रमुखसहित सरोकारवालासँग काठमाडौँमा उच्चस्तरीय छलफल गरेको छ । 

Logo