भारतीय राष्ट्रपति मुर्मूद्वारा राष्ट्रपति पौडेलको स्वास्थ्यलाभको कामना

भारतीय राष्ट्रपति मुर्मूद्वारा राष्ट्रपति पौडेलको स्वास्थ्यलाभको कामना

केन्द्रबिन्दु
0
Shares

भारतका राष्ट्रपति द्रौपदी मुर्मूले भारतको नयाँदिल्लीमा उपचारार्थ रहेका राष्ट्रपति रामचन्द्र पौडेलको शीघ्र स्वास्थ्यलाभको कामना गरेकी छन् ।

भारतीय राष्ट्रपति मुर्मूले उनको स्वास्थ्यलाभको कामना गर्दै पठाएको सन्देश प्राप्त भएको नयाँदिल्लीस्थित नेपाली दूतावासले जनाएको छ ।

राष्ट्रपति पौडेलको स्वास्थ्य परीक्षण तथा उपचार नयाँदिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थानमा बुधबारदेखि भइरहेको दूतावासले जनाएको छ । उपचारमा संलग्न चिकित्सकहरूका अनुसार राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्थामा सुधार हुँदै गएको छ ।

Logo