नेपाली सेनामा साँढे चार हजारलाई जागिर खुल्यो

नेपाली सेनामा साँढे चार हजारलाई जागिर खुल्यो

केन्द्रबिन्दु
0
Shares

नेपाली सेनाले चार हजार ५०० जनाका लागि जागिर खुलाएको छ। आज गोरखापत्रमा सूचना प्रकाशित गर्दै नेपाली सेनाले चार हजार ५०० जना सैन्य पदका लागि दरखास्त आह्वान गरेको हो ।

जसअन्तर्गत खुलातर्फ २ हजार ३५१ संख्या छ। यस्तै सैन्य परिवारलाई २२५, महिला ३९०,आदिवासी जनजाति ६१७, मधेशी ५४०, दलित २८७ र पिछडिएको क्षेत्रबाट ९० संख्या छुट्याइएको छ।

यीमध्ये सबैभन्दा धेरै काठमाडौँ, सुर्खेत, कास्की र बुटवलमा मा ३५०-३५० माग गरिएको छ। यस्तैगरी सुनसरीमा ३०० र बाँकेमा २५० जना माग गरिएको छ।इच्छुकले अनलाइन मार्फत फारम भर्न सक्ने छनोट निर्देशनालय, कार्य रथी विभाग जङ्गी अड्डाले जनाएको छ ।

१८ वर्ष पूरा भई २२ वर्ष ननाघेका नेपाली नागरिकले जेठ ७ गतेसम्म आवेदन दिन सक्ने र दोब्बर दस्तुर तिरेर जेठ १४ गतेसम्म दरखास्त दिन सकिने सेनाले जनाएको छ। आठ कक्षा उत्तीर्ण व्यक्तिले पनि आवेदन दिन पाउनेछन्।

हेर्नुहोस् विज्ञापन:

 

Logo