डोजर पल्टिँदा च्यापिएर चालकको मृत्यु

डोजर पल्टिँदा च्यापिएर चालकको मृत्यु

केन्द्रबिन्दु
0
Shares

पोखरा महानगरपालिकामा डोजरले च्यापिएर चालकको मृत्यु भएको छ।

बिहीबार साँझ करिब ७ बजे पोखरा महानगरपालिका–३२ लामेआहालमा रहेको ‘डम्पिङ साइट’मा फोहोर व्यवस्थापन गर्ने क्रममा पोखरा महानगरपालिका–१५ रामबजार घर भएका चालक अन्दाजी ६० वर्षीय मुसाफिर दासको घटनास्थलमा नै मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक श्रवणकुमार बिकका अनुसार पोखरा महानगरपालिकाको ग १ ग १३४ नम्बरको बुल डोजर फोहोर व्यवस्थापन गर्ने क्रममा अचानक अनियन्त्रित भई पल्टेको थियो।

Logo