सहकारी फोडेर सात लाख चाेर्ने तीन जना जेल चलान

सहकारी फोडेर सात लाख चाेर्ने तीन जना जेल चलान

केन्द्रबिन्दु
0
Shares

जिल्ला प्रहरी कार्यालय मोरङले सहकारी तोडफोडको आरोपमा पक्राउ परेका ४ जनामध्ये ३ जना जेल चलान भएको जानकारी दिएको छ ।

मोरङ जिल्ला अदालतको आदेश बमोजिम दिलिप कुमार चौधरी, इरज धामी र मिथुन पासवानलाई पुर्पक्षका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता रन्जनकुमार दाहालले जानकारी दिए ।

मोरङको ग्रामथान २ मा रहेको सौजन्य बचत तथा ऋण सहकारी संस्थाको डोका फोडेर सात लाख ७७ हजार चोरी गरेको आरोपमा ३ जना जेल चलान भएका हुन् । पक्राउ परेकामध्ये मिथिलेश महतो भने दुई लाख धरौटीमा  रिहा भएका छन् । 

Logo