लागुऔषध सेवन गरी सवारी साधन चलाउने ३ जना प्रहरीको नियन्त्रणमा

लागुऔषध सेवन गरी सवारी साधन चलाउने ३ जना प्रहरीको नियन्त्रणमा

केन्द्रबिन्दु
0
Shares

भक्तपुरको जगातीमा गरिएको विशेष चेकिङका क्रममा लागुऔषध सेवन गरी सवारी साधन चलाउँदै गरेका ३ जना चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, नेपाल प्रहरी अस्पताल, लागुऔषध नियन्त्रण ब्युरो र प्रहरी प्रहरी वृत्त जगातीको संयुक्त टोलीले शुक्रबार बेलुकी २० ओटा सवारी साधनका चालकलाई चेक गर्दा ३ जनाले लागुपदार्थ सेवन गरेको पाइएको हाे। 

बा २ क ६३ ४४ नम्बरको टिपरका चालक सिन्धुपाल्चोकको बलेफी गाउँपालिका ३ भुस्कोटका २८ वर्षीय तारा बहादुर तामाङ र ना २८ प ६३३३  नम्बरको मोटरसाइकलका चालक काठमाडौँको तार्केश्‍वर नगरपालिका ५ गोलढुंगा बस्ने ३० वर्षीय रोहित तामाङ, बा २ क ६३४५ नम्बरको टिपरका चालक स्याङ्जाको गल्याङ नगरपालिका ९ का २९ वर्षीय कुसुम थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

लागुऔषध सेवन गरी सवारी साधन चलाइहरेको अवस्थामा फेला परेका ३ जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागी प्रहरी वृत्त जगातीमा राखिएको छ । 

Logo