काठमाडौँ आइरहेका चारवटा टिपर एकैपटक ठोक्किए

काठमाडौँ आइरहेका चारवटा टिपर एकैपटक ठोक्किए

केन्द्रबिन्दु
0
Shares

काठमाडौँको शंखरापुर नगरपालिकाको जहरसिंह पौवाको जंगलको सडकमा ४ वटा टिपर एक आपसमा ठोक्किएका छन्।

सिन्धुपाल्चोकको मेलम्चीबाट काठमाडौँ आइरहेका टिपर आपसमा ठक्कर खाएका हुन्। एकै दिशाबाट आएका बा ५ ख ४५७०, प्रदेश ३-०१-००६ ख १०७२, बा ३ ख ३९२७ र ना ८ ख २९१९ नम्बरको टिपर आपसमा ठोक्किएका हुन्।

घाइते एक सवारी चालकलाई उद्धार गरेर साँखुमा रहेको एक अस्पतालमा उपचारका लागि लगिएको छ।बिहानको ४ बजेको समयमा टिपर आपसमा ठोकिएको र मानवीय क्षति नभएको साँखु प्रहरीले जनाएकाे छ । 

Logo