बुवा केयर प्रालि सञ्चालनमा, यस्ता छन् स्वास्थ्यदेखि तिर्थयात्रासम्मका सेवा

बुवा केयर प्रालि सञ्चालनमा, यस्ता छन् स्वास्थ्यदेखि तिर्थयात्रासम्मका सेवा

केन्द्रबिन्दु
14
Shares

नयाँ वर्ष २०८० को सुरुवातसँगै ५५ वर्ष देखि माथि उमेर समुहका मानिसहरूलाई लक्षित गर्दै बुवा केयर सञ्चालनमा आएको छ। यही वैशाख १ गतेदेखि नेपालमा बुवा केयर प्रा.लि. को सुरुवात भएको हो।

यसले विशेष गरी ५५ वर्षदेखि माथि उमेर समूहका मानिसहरुलाई लक्षित गरी वुवा केयर प्रालिले स्वास्थ्य, मनोरञ्जन तथा नेपाल तथा भारतका प्रमुख तिर्थस्थल दर्शन गराउने र उक्त उमेर समूहका मानिसहरुलाई शारीरिक, मानसिक, सामाजिक तथा भावनात्मक रुपमा स्वस्थ्य बनाउने उद्देश्यले संस्थाको सुरुवात गरिएको उक्त संस्थाका अध्यक्ष डा. अनाम प्याकुरेलले जानकारी गराए। 

समाजमा आफ्नो क्षेत्रमा स्थापित व्यत्तित्वहरुको संलग्नतामा हालको व्यस्त जीवन शैलीका कारणले बुवा/आमाहरुको शारिरिक, मानसिक तथा सामाजिक जीवनलाई गुणस्तरीय तथा पारिवारिक माहौलमा को सिर्जना गरी गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नका लागि बुवाकेयर प्रालिको सुरुवात गरिएको प्याकुरेलको भनाइ छ।

Logo