मनाइयो ३०औँ राष्ट्रिय विभूति पासाङ ल्हामु शेर्पाको स्मृति दिवस

मनाइयो ३०औँ राष्ट्रिय विभूति पासाङ ल्हामु शेर्पाको स्मृति दिवस

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय विभूति पासाङ ल्हामु शेर्पाको ३० औँ स्मृति दिवस मनाइएको छ । काठमाडौँसहित देशभरका विभिन्न स्थानमा आज ३०औँ पासाङ ल्हामु स्मृति दिवस मनाइएको हो । 

काठमाडौँको चुच्चेपाटीस्थित पासाङ ल्हामु शेर्पाको सालिकमा माल्यार्पण र पुष्प गुच्छा अर्पण गरी ३० औँ स्मृति दिवस मनाइएको छ । स्मृति दिवसको अवसरमा पासाङ ल्हामु प्रतिष्ठानकी अध्यक्ष समेत रहेकी राष्ट्रिय विभूति शेर्पाकी छोरी आङ फुटी शेर्पाले सालिकमा माल्यार्पण र पुष्प गुच्छा अर्पण गर्दै संसारभरका महिलाका लागि पासाङ ल्हामु प्रेरणाको श्रोत भएको बताइन् ।

उनले फाउन्डेसनको तर्फबाट पनि हिमाल आरोहणको चाहना राख्ने महिलालाई आवश्यक सहयोग गरिरहेको र राज्यले पनि यस्ता सहयोगका कार्यमा थप अग्रसरता देखाउन आवश्यक रहेको बताइन् । उनले सरकारले देशमा नै हिमाल आरोहीलाई सम्मान गर्नुपर्ने बताइन् । 

Logo