सञ्चार उपकरणमा समस्या देखिएपछि त्रिभुवन विमानस्थलमा उडान प्रभावित

सञ्चार उपकरणमा समस्या देखिएपछि त्रिभुवन विमानस्थलमा उडान प्रभावित

केन्द्रबिन्दु
0
Shares

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चार उपकरणमा समस्याका आएसँगै सबै उडान प्रभावित भएको छ। विमानस्थल कार्यालयका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार विमानस्थल टावर र पाइलटबीचको सञ्चारमा समस्या देखिएसँगै आन्तरिक र अन्तर्राष्ट्रिय दुबैतर्फ एक घण्टादेखि उडान प्रभावित भएको हो।

अहिले आकाशमा भएका जहाजलाई अवतरण गराउने काम भएपनि उडानमा भने अनुमति नदिएको उनले बताए। जहाज अवतरणमा समस्या छैन। समस्या आउनुअघि नै उडिसकेका जहाजहरूलाई अवतरण गराइरहेका छौं, प्रवक्ता सिटौलाले भने, उडान भने रोकिएको छ। ग्राउन्डमा भएका जहाहरूलाई पनि रिलिज गरिएको छैन।

Logo