सन्दीप लामिछानेको मुद्दा पुनः अर्को पेसीमा

सन्दीप लामिछानेको मुद्दा पुनः अर्को पेसीमा

केन्द्रबिन्दु
0
Shares

क्रिकेटर सन्दीप लामिछाने बिरुद्धको मुद्दा पुनः अर्को पेसीमा सुनुवाई हुने भएको छ । लामिछानेविरुद्धको बलात्कार मुद्दामा सोमबार जिल्ला अदालत काठमाडौँमा न्यायाधीश दिपक ढकालले सुनुवाई गरे । न्यायाधीश ढकालले सो मुद्धा ‘हेर्दाहेर्दै’ मा राख्न अस्वीकार गरेका छन् ।

पुन: फेरि अर्को सुनुवाई गर्नेगरी सोमबारको बहस सकिएको हाे । २०७९ पुस २८ मा लामिछानेलाई उच्च अदालत पाटनले २० लाख धरौटीमा सशर्त रिहा गरेको थियो । यसअघि काठमाडौं जिल्ला अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो ।असोज २० मा पक्राउ परेका सन्दीप नाबालिग बलात्कार आरोपमा प्रहरीले लामिछानेलाई असोज २० मा नियन्त्रणमा लिएको थियो । उनीविरुद्ध १७ वर्षीया किशोरीले प्रहरी वृत गौशालामा २०७९ भदौ २१ मा बलात्कारको जाहेरी दिएकी थिइन् । 

 

Logo