१० वर्षको सजाय भुक्तानपछि गुण्डा नाइके रमेश बाहुन जेलमुक्त

१० वर्षको सजाय भुक्तानपछि गुण्डा नाइके रमेश बाहुन जेलमुक्त

केन्द्रबिन्दु
0
Shares

गुण्डा नाइके भनेर चिनिएका रमेश बाहुन (सुजन पौडेल) जेलमुक्त भएका छन्। १० वर्षको कैद सजाय भुक्तान गरेर उनी वैशाख ८ गते केन्द्रीय कारागार सुन्धाराबाट जेलमुक्त भएका हुन्। 

बाहुन लागुऔषध मुद्दामा दोषी ठहर भएका थिए। उक्त मुद्दामा काठमाडौं जिल्ला अदालतका तत्कालीन न्यायाधीश नवराज दाहालको एकल इजलासले उनलाई १० वर्ष कैद र ७५ हजार जरिवानाको फैसला सुनाएको थियो। २०७१ साउन १९ गते जिल्ला अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो।

भारतमा लुकेर बसेका उनलाई प्रहरीले २०७१ असार १० गते कलंकीबाट पक्राउ परेको भन्दै सार्वजनिक गरेको थियो। प्रहरीले कलंकीको खसीबजार छेउमा हिँडिरहेको बेला नियन्त्रणमा लिँदा उनको साथबाट २८ दशमलव ४ ग्राम खैरो हिरोइन र पेस्तोल बरामद भएको दाबी गरेको थियो।  

काठमाडौं उपत्यकामा गुण्डागर्दीमार्फत अवैध रकम असुलीमा संलग्न उनी लागुऔषध कारोबारमा समेत संलग्न रहेको प्रहरीको दाबी थियो। सोही आधारमा उनीमाथि लागुऔषध नियन्त्रण ऐन २०३३ को दफा १४ को ६ ९२०अनुसार मुद्दा दायर गरिएको थियो।

Logo