आज बौद्धिक सम्पत्ति दिवस

आज बौद्धिक सम्पत्ति दिवस

केन्द्रबिन्दु
0
Shares

आज नेपालसहित विश्वभर बुधबार बौद्धिक सम्पत्ति दिवस मनाइँदै छ। ‘महिला तथा बौद्धिक सम्पत्ति : नवखोज र शिर्जनशीलताको बढावा’ नाराका साथ दिवस मनाउन लागिएको हो। 

विश्व बौद्धिक सम्पत्ति संघ (विपो) को पहलमा सन् २००० को अप्रिल २६ देखि विज्ञान तथा प्रविधि, कला तथा साहित्य र उद्योग तथा व्यापार क्षेत्रको विकास, विस्तार र प्रवर्धनमा सघाउ पुर्‍याउने उद्देश्यले विश्वभर हरेक वर्ष विश्व बौद्धिक सम्पत्ति दिवस मनाइन्छ। नेपाल विपोको सदस्य राष्ट्र हो ।

विपोको बौद्धिक सम्पत्तिसम्बद्ध विश्वका आविष्कारक, नवप्रवर्धक, लेखक, सर्जकलाई एकापसमा जोडी सम्बन्ध बिस्तार गर्ने तथा उनीहरूको सिर्जना र प्रतिभालाई प्रबद्धर्न गरी जनचेतना फैलाउने नीति छ। विशेष गरी महिला तथा आदिवासी समूहलाई प्राथमिकता दिई विश्वभर विभिन्न कार्यक्रमका साथ यो दिवस मनाइन्छ। 

Logo