बढ्दो प्रदूषणको असर: समलिङ्गी बन्दै झिंगाहरु

बढ्दो प्रदूषणको असर: समलिङ्गी बन्दै झिंगाहरु

केन्द्रबिन्दु
0
Shares

कोयल पन्त-

समलैंगिकतालाई अहिले विश्वका धेरैजसो देशहरूले मान्यता दिएको छ। समलैंगिकता भनेको पुरुषहरूको पुरुषसँग र महिलाको महिलासँग प्रेम तथा शारीरिक सम्बन्ध हुनु भन्ने बुझिन्छ।

वैचारिक स्वतन्त्रताको रूपमा समलैंगिकताले कानूनसँगै जनताको पनि समर्थन पनि पाइरहेको छ । अब मानिसहरूले कुनै पनि लिङ्ग बाधा बिना स्वतन्त्र रूपमा आफ्नो पार्टनर छनौट गर्न सक्छन्। यो त भयो मानवको कुरा । के तपाइलाइृ थाहा छ ? पछिल्लो समयअधिकांश झिंगाहरु समलिङ्गी बनिरहेका छन् । मानिसले राम्ररी सोचेर आफ्नो लागि जोडी रोजे पनि झिंगाले आफ्नो स्वेच्छाले यो काम गर्दैनन्। कारण के हो त ? पुरै पढ्नुहोस् ।

भाले र पोथी छुट्याउन सकिरहेका छैनन् झिंगाहरू

केही समयअघि जर्मनीको म्याक्स प्लाङ्क इन्स्टिच्युट फर केमिकल इकोलोजीका अन्वेषकहरूले झिंगामा अनुसन्धान गरेका थिए। यस अनुसन्धानमा वैज्ञानिकहरुले झिंगामा पनि समलिङ्गी सम्बन्ध बन्ने गरेको दावी गरेका छन् । अनुसन्धानका अनुसार यसको मूख्य कारण मानिस मात्र हो ।

मानिसबाट फैलिएको प्रदुषण लगातार बढिरहेकोले झिंगाको व्यवहारमा पनि परिवर्तन भइरहेको वैज्ञानिकहरुले बताएका छन्। बढ्दो प्रदूषणका कारण झिंगामा फेरोमोन नामक हर्मोनको कमी भइरहेको छ ।

यो हर्मोनको कमीका कारण झिंगामा यस्तो समस्या हुने गरेको छ। वैज्ञानिकहरूका अनुसार ओजोनको स्तर १०० पीपीबी रह्यो भने झिंगामा फेरोमोन्स हर्मोनको प्रभाव द्रुत रूपमा कम हुन्छ। जसका कारण उनीहरुले अन्य धेरै समस्याको सामना गरिरहेका छन् ।

अनुसन्धानका अनुसार १० वटा भाले झिंगामध्ये ७ वटा मात्रै पोथी झिंगामा संभोगका लागि जाने गरेका छन् भने तीन वटा भाले झिंगाले भाले झिंगासँग समलिङ्गी सम्बन्ध बनाएका छन् । यति मात्र होइन, यो तीव्र गतिमा बढ्दो प्रदूषणका कारण अहिले झिंगाहरु एकअर्कासँग कुरा समेत गर्न सकिरहेका छैनन् ।

Logo