निजामती कर्मचारीका सन्ततिलाई छात्रवृत्तिका लागि दरखास्त आह्वान

निजामती कर्मचारीका सन्ततिलाई छात्रवृत्तिका लागि दरखास्त आह्वान

केन्द्रबिन्दु
0
Shares

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निजामती कर्मचारीका सन्ततिलाई छात्रवृत्ति प्रदान गर्न आवेदन आह्वान गरेको छ।

निजामती कर्मचारीका सन्ततिलाई शैक्षिक प्रोत्साहन वृत्ति उपलब्ध गराउने सम्बन्धी निर्देशिका, २०७९ अनुसार स्वदेशी विश्वविद्यालय वा त्यस्तो विश्वविद्यालयको आङ्गिक वा सम्बन्धन प्राप्त शिक्षण संस्थामा कुनै विषयमा स्नातक वा सो सरहको तहमा प्रथम वर्ष वा पहिलो वा दोस्रो सेमेस्टरमा भर्ना भई अध्ययन गरिरहेको निजामती सेवा ऐन २०४९,स्वास्थ्य सेवा ऐन ०५३,व्यवस्थापिका संसद् ऐन ०६४ बमोजिम सेवाका पदमा बहाल रहेका र कर्मचारी समायोजन ऐन ०७५ बमोजिम सरकारी सेवाबाट प्रदेश वा स्थानीय तहमा समायोजन भएका कर्मचारीका सन्ततिले यस्तो वृत्ति पाउने जनाइएको छ।

मन्त्रालयको शैक्षिक प्रोत्साहन वृत्ति व्यवस्थापन समितिको सचिवालयले शुक्रबार एक सूचना जारी गर्दै कर्मचारीका सन्ततिलाई १५ दिनभित्र आवेदन दिन आह्वान गरे हो।

 

Logo