वन उपभोक्ता महासंघ दाङको अध्यक्षमा हरिप्रसाद भुसाल निर्वाचित

वन उपभोक्ता महासंघ दाङको अध्यक्षमा हरिप्रसाद भुसाल निर्वाचित

केन्द्रबिन्दु
0
Shares

सामुदायिक वन उपभोक्ता महासंघ नेपाल जिल्ला महासंघ दाङका अध्यक्षमा हरिप्रसाद भुसाल निर्वाचित भएका छन्। नयाँ नेतृत्व चयनका लागि शुक्रबार भएको निर्वाचनबाट भुसाल अध्यक्षमा निर्वाचित भएका हुन्। 

महासंघको उपाध्यक्षमा चन्द्रबहादुर वली र सचिव राधा बिष्ट सर्वसहमतिमा चयन भएका छन्।अधिवेसनले २२ जनालाई सदस्यमा आमसहमतिबाट निर्वाचित गरेको छ। बुधबारबाट शुरु भएको छैठो जिल्ला अधिवेसनमा नयाँ नेतृत्व चयनका लागि आमसहमति जुट्न नसकेपछि शुक्रवार अध्यक्ष पदमा निर्वाचन भएको थियो।

अन्य पदमा भने आम सहमति जुटेको छ। यसैबिच नवनिर्वाचित पदाधिकारी तथा सदस्यलाई शुक्रवार नै पद तथा गोपनियताको सपथ खुवाइएको छ। निर्वाचन समितिका संयोजक घनश्याम थापाले नवनिर्वाचितहरुलाई सपथ खुवाएका हुन्।

कार्यक्रममा नवनिर्वाचित अध्यक्ष हरिप्रसाद भुसाल, निर्वतमान अध्यक्ष भूपेन्द्र सुवेदी, वन महासंघका प्रदेश उपाध्यक्ष तिलकराम भण्डारीले धारणा राखेका थिए। 

Logo