के तपाईंलाई थाहा छ ? प्लास्टिकको स्टुलको बिचमा प्वाल किन हुन्छ ?

के तपाईंलाई थाहा छ ? प्लास्टिकको स्टुलको बिचमा प्वाल किन हुन्छ ?

केन्द्रबिन्दु
0
Shares

हाम्रै दैनिक जीवनमा हाम्रै वरपर धेरै रोचक वस्तुहरु हुन्छन् । जसमा हामीले त्यति ध्यान दिँदैनौँ । के तपाईंले कहिल्यै याद गर्नुभएको छ ? हरेक प्लास्टिकको स्टुलको बीचमा प्वाल किन हुन्छ ? यदि तपाईलाई पनि यो प्रश्नको उत्तर थाहा छैन भने आउनुहोस् यसको पछाडिको कारण जानौं-

प्लाष्टिकका सामान बनाउने कारखाना ब्राण्डेड होस् वा स्थानीय, हरेक प्लास्टिक उत्पादनमा विज्ञानको सामान्य नियम पालना गरिन्छ । विश्वको जुनसुकै कुनामा स्टुल बनाइन्छ, त्यसको बीचमा ठुलो प्वाल बनाइन्छ । प्रायः ठाउँको अभावमा घर वा पसलमा प्लाष्टिकको स्टुल एकमाथि अर्को राखिन्छ । यदि यी स्टुलहरूमा कुनै प्वाल छैन भने तिनीहरू हावाको चाप र भ्याकुमका कारण एक अर्कासँग टाँसिन्छन्, तिनीहरूलाई छुट्याउन धेरै बल चाहिन्छ। त्यसैले प्लाष्टिकको स्टुलमा प्वाल राखिन्छ ।

एउटा कारण यो पनि

धेरै तौल भएको व्यक्ति स्टुलमा उभिएर पनि त्यो स्टुल सजिलै भाँचिदैन । यसमा स्टुलको बिचमा भएको प्वालले महत्वपूर्ण भूमिका खेल्छ । साथै, स्टूलमा प्वाल राख्दा स्टुल सुन्दर पनि देखिन्छ भने केही सामग्री अर्थात् केही प्लास्टिक पनि जोगिन्छ ।

Logo