सामुदायिक विद्यालय सुधारका लागि भक्तपुरमा भागवत सप्ताह सुरु

सामुदायिक विद्यालय सुधारका लागि भक्तपुरमा भागवत सप्ताह सुरु

केन्द्रबिन्दु
0
Shares

चाँगुनारायण नगरपालिका वडा नम्वर ७ बागेश्वरीमा विद्यालय सुधारका लागि आजबाट भागवत सप्ताह सुरु गरिएको छ ।

वागेहिणी माध्यमिक विद्यालयमा भागवत सप्ताह महायज्ञ लगाउन सुरु गरिएको हो । विद्यालयमा शैक्षिक सुधार एवं निःशुल्क गुणस्तरीय शिक्षा दिन १७ वैशाखदेखि २५ बैशाखसम्म भागवत सप्ताह ज्ञान महायज्ञ चल्नेछ । 

विद्यालयमा आँग्रेजी माध्यमबाट पठान पाठन गराउनुका साथै निःशुल्क विद्यालय बस सेवा विस्तारका लागि विद्यालयले श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ लगाएको हो ।

सामुदायिक विद्यालयमा पठन पाठन गर्न आउने विद्यार्थी भनेका निम्न वर्गका मात्र रहेको अवस्थामा उनीहरूले विद्यालय बस भाडा लगायतका कुनै पनि शुल्क तिर्नु नपरोस् र निजी विद्यालयमा जस्तै अङ्ग्रेजी माध्यमबाट पठन पाठन गर्न पाउन भनी विद्यालयले सप्ताह लगाउन लागेको आयोजकले जानकारी दिएका छन् । 

सप्ताहको तयारी पुरा भएको आयोजक मूल समारोह समितिले जानकारी दिएको छ । सामुदायिक विद्यालय सुधार एवं सामुदायिक विद्यालय प्रति अभिभावको विश्वास बढाउन पनि सप्ताहले ठुलो मद्दत मिल्ने आयोजकले जनाएकाे छ । 

Logo