काभ्रेमा मोटरसाइकलको ठक्करबाट एक जनाकाे मृत्यु

काभ्रेमा मोटरसाइकलको ठक्करबाट एक जनाकाे मृत्यु

केन्द्रबिन्दु
0
Shares

काभ्रेपलान्चोकको बनेपा नगरपालिका-१३ भैसेपाटीमा  मोटरसाइकलको ठक्करबाट एक जनाकाे मृत्यु भएकाे छ । 

दाहसंस्कारबाट फर्कँदै गरेका मलामी बाटो पार गर्ने क्रममा मोटरसाइकलको ठक्करबाट मृत्यु भएपछि अरनिको राजमार्ग अन्तर्गतको साँगा–बनेपा सडक खण्ड अवरुद्ध भएको छ । 

मङ्गलबार बिहान करिब साढे दुई बजेको समयमा बा ६३ प २७२ नम्बरको मोटरसाइकलको ठक्करबाट स्थानीय अन्दाजी ६२ वर्षीय बालकृष्ण बुढाथोकीको मृत्यु भएको इलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ । 

मोटरसाइकलको ठक्करबाट घाइते भएका बुढाथोकीको उपचारका क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । 

Logo