देउखुरीको जग्गा फुकुवाको माग गर्दै आन्दोलन सुरु

देउखुरीको जग्गा फुकुवाको माग गर्दै आन्दोलन सुरु

केन्द्रबिन्दु
0
Shares

लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरीको रोक्का गरीएको जग्गा फुकुवाको माग गर्दै आन्दोलन सुरु भएको छ।

लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री काँग्रेसका डिल्लीबहादुर चौधरीले विश्वासको मतलिने दिनै सरकारको ध्यानाकर्षण गराउने उद्देश्यले राप्ती क्षेत्रका स्थानीयहरूले आन्दोलन सुरु गरेका छन्।

राजधानी व्यवस्थापनका नाममा ३२ महिनादेखस रोकिँदै आएको जग्गा तत्काल फुकुवा गर्न माग राख्दै नागरिक जनदबाब तथा सङ्घर्ष समितिद्वारा प्रदेश सभाको मुख्य गेटमा अनसन बसेका छन्।संघर्ष समितिले आज विहान ८ बजेदेखी प्रदेश राजधानी परिसर क्षेत्रमा धर्ना सुरु गरी प्रदेश सभा प्रवेशद्वारमा रिले अनशन बसेका छन्।

जग्गा फुकुवाको विषयलाई जोडेर जनस्तरबाट संघर्ष समिति समेत निर्माण गरिएको छ। उद्योगी व्यवसायी, किसान, मजदुर, निर्माण व्यवसायी तथा जग्गा रोक्काबाट प्रभावित नागरिकहरू संगठित भएर संघर्ष समिति निर्माण गरेका छन्। अगुवा किसान शंकर गौतमको संयोजकत्वमा जग्गा फुकुवा तथा राजधानी व्यवस्थापन संघर्ष समिति गठन गरिएको छ।

Logo