मोटरसाइकल दुर्घटना हुदाँ लाल बाबु सहनी र रवीन्द्र मण्डलको मृत्यु

मोटरसाइकल दुर्घटना हुदाँ लाल बाबु सहनी र रवीन्द्र मण्डलको मृत्यु

केन्द्रबिन्दु
0
Shares

मकवानपुरमा मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ। भिमफेदी गाउँपालिका–६ जुरिखेतमा बागमती प्रदेश ०२–०२० प ४२३७ नम्बरको मोटरसाइकल दुर्घटनामा परी दुई जनाको मृत्यु भएको हो । 

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक एवम प्रवक्ता टेकबहादुर कार्कीका अनुसार बुधबार साँझ काठमाडौंबाट हेटौंडातर्फ जाँदै गरेको अबस्थामा अनियन्त्रित भई सो मोटरसाइकल दुर्घटना भएको थियो । दुर्घटनामा परी पर्सौनि नगरपालिका–५ बाराका २५ वर्षीय लाल बाबु सहनी र २० वर्षीय रवीन्द्र मण्डलको मृत्यु भएको छ । 

मृतक दुबैजनाको शव हेटौंडा अस्पतालमा राखिएको छ ।

Logo