भोजपुर जाँदै गरेको नेपाल एयरलाइन्सकाे जहाजमा समस्या देखिएपछि काठमाडौँ फिर्ता

भोजपुर जाँदै गरेको नेपाल एयरलाइन्सकाे जहाजमा समस्या देखिएपछि काठमाडौँ फिर्ता

केन्द्रबिन्दु
0
Shares

काठमाडौँबाट भोजपुर जाँदै गरेको नेपाल एयरलाइन्सको ट्विनअटर जहाजमा समस्या देखिएपछि काठमाडौँ फिर्ता ल्याइएको छ । ककपिटको दाहिनेतिरको ढोकामा केही समस्या देखिएपछि काठमाडौँ ल्यान्ड गराइएको छ ।

“ककपिटको दाहिनेतिरको ढोकामा समस्या देखिएपछि काठमाडौँ फिर्ता ल्याइएको हो,” विमानस्थल स्रोतले भन्यो । जहाजमा देखिएको समस्या प्राविधिक जाँच गरेपछि मात्रै जानकारी हुने स्रोत जनाएकाे छ ।बिहान ६ बजेर ३३ मिनेटमा काठमाडौँबाट उडेको जहाज ६ माइल टाढा पुगेपछि समस्या देखिएको थियो। 

Logo