काली नदीको मुहानबारे फेरि महत्वका साथ स्मरण गराऔंः पूर्वराष्ट्रपति भण्डारी

काली नदीको मुहानबारे फेरि महत्वका साथ स्मरण गराऔंः पूर्वराष्ट्रपति भण्डारी

केन्द्रबिन्दु
0
Shares

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली भूभागको विषयलाई व्यवहारिक निष्कर्षमा लैजान काली नदीको मुहानका बारेमा फेरि महत्वका साथ स्मरण गर्नुपर्ने बताएकी छन् । 

‘नेपाल इन्डिया फ्रन्टायर डिप्लोमेसी इन् रिफ्रेन्स टु काली रिभर: प्रस्पेक्टिभस् अफ इन्टरन्यासनल ल’ पुस्तक विमोचनको कार्यक्रममा उनले दुई देशको सीमाको सबैले सम्मान गर्नुपर्ने बताइन् । उनले देशको नक्सामा संसदले कालापानी, लिपुलेक र लिम्पियाधुरालाई समावेश गरेर त्यसलाई संविधानको अंग बनाएपछि मुलुकको सार्वभौमिकता र राष्ट्रिय एकताका सन्दर्भमा नयाँ चेतनाको सञ्चार भएको बताइन् ।

उनले भनिन्, ‘दुई देशको सीमाको सबैले सम्मान गर्नुपर्छ, कालापनी लिपुलेक र लिम्पियाधूरा नेपाली भूभाग हुन् । हाम्रो देशको नक्सामा संसदले कालापानी लिपुलेक र लिम्पियाधूरालाई समावेश गरेर त्यसलाई संविधानको अंग बनाएपछि मुलुकको सार्वभौमिकता राष्ट्रिय एकता र राष्ट्रियताका सन्दर्भमा नयाँ चेतनाको सञ्चार भएको छ । नेपाली भूभागको यस विषयलाई व्यवहारिक निष्कर्षमा लैजान काली नदीको मुहानका बारेमा इतिहासका प्रसंगलाई फेरि हामीले महत्वका साथ स्मरण गर्नुपर्छ ।’

पूर्वराष्ट्रपति भण्डारीले नेपाल जस्तो देशको लागि नदी आर्थिक विकासको एउटा महत्वपूर्ण साधन भएको भन्दै यसलाई दिगो रुपमा विद्युत उत्पादन, आधुनिक सिचाई र पर्यटकीय आकर्षकको थलो बनाउन सक्नु पर्ने बताइन् । नदीको सही उपयोगले मुलुकलाई सामाजिक र आर्थिकरुपले सम्पन्न तुल्याउन सकिने पनि उनको भनाइ थियो । 

उनले पुस्तकको समीक्षा गर्दै लेखकहरुले भविष्यमा यस्ता अध्ययनमूलक सामग्रीहरु पाठकहरु समक्ष ल्याउनु अपेक्षा लिएको भन्दै यस्तो अध्ययनमूलक पुस्तकबाट राष्ट्रले लाभ पनि लिनसक्ने बताइन् । कुटनीति र राजनीतिबीचको सिमारेखा छुट्याउन नसक्ने हो भने आपसी विश्वास निमार्ण गर्न नसकिने मात्र नभइ भएको विश्वासपनि संकटमा पर्न सक्ने हुदाँ यसलाई गम्भीर भएर हेर्नुपर्ने पनि उनको भनाइ छ ।  

Logo