उद्धार गरी पालिएका दुई गैँडाका बच्चा प्रकृतिमा छाडियो

उद्धार गरी पालिएका दुई गैँडाका बच्चा प्रकृतिमा छाडियो

केन्द्रबिन्दु
0
Shares

चितवन राष्ट्रिय निकुञ्जले पालेर राखेका दुई गैँडाका बच्चा (केटो) लाई प्रकृतिमा छाडिएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहामा पालिएका ती गैँडालाई निकुञ्जको लामिताल क्षेत्रमा छोडिएको हो ।

निकुञ्जका पशु चिकित्सक डा.विजय श्रेष्ठकाअनुसार डार्ट नगरिक नै ट्रकमा राखेर ती दुई गैँडालाई तामिताल पुर्याएर छाडिएको छ । निकुञ्जमा आमाबाट छुटेको अवस्थामा भेटिएका पुष्पा र अञ्जली नामका ती दुई बच्चालाई निकुञ्जकै नवलपरासी क्षेत्रबाट उद्धार गरी ल्याइएको थियो ।

श्रेष्ठका अनुसार पुष्पालाई सन् २०२० को जनवरीमा नवलपरासीको तमासपुर र अञ्जलीलाई २०२१ को अप्रिलमा नवलपरासीकै कुजौलीबाट उद्धार गरिएको थियो । एक दुई महिनाको उमेरमा आमाबाट छुटेका उनीहरुलाई हुर्काएपछि प्राकृतिकरुपमा छाडिएको उनले बताए ।

पुष्पा र अञ्जलीलाई यतिबेला प्राकृतिकरुपमा घाँस खोजेर खानसक्ने भएका छन् । उद्धार गरी हुर्काइएका कतिपय जङ्गली जनावर मित्रराष्ट्रलाई दिने, कतिपयलाई चिडियाघरमा त कतिपयलाई प्राकृतिमा राख्ने गरिँदै आएको छ ।

Logo