गोरक्ष महायज्ञबाट बेवारिसे गाई बाच्छाका लागि ६७ लाख सङ्कलन

गोरक्ष महायज्ञबाट बेवारिसे गाई बाच्छाका लागि ६७ लाख सङ्कलन

केन्द्रबिन्दु
0
Shares

सडकमा छाडा छोडिएका असहाय गाई बाच्छा संरक्षणका लागि गोरक्ष महायज्ञबाट ६७ लाख सहयोग सङ्कलन भएको छ।

कागेश्वरी मनोहरा नगरपालिका-८ स्थित पशुपति क्षेत्र विकास कोषको नाममा रहेको जग्गामा करिब दुई सय बेवारिसे गाई बाच्छा संरक्षणका लागि आयोजित महायज्ञमा उक्त रकम सङ्कलन भएको हो। महायज्ञमा २१ लाख खर्च भएको थियो।

बेवारिसे गाई बाच्छा संरक्षणका लागि सहयोग जुटाउने उद्देश्यले वैशाख २२ देखि २८ गतेसम्म आयोजना गरिएको महायज्ञमा श्रद्धालु भक्तजनको उत्साहप्रद उपस्थिति रहेको महायज्ञका संयोजक उत्तम पुडासैनीले जानकारी दिए।

सडकमा छाडा छोडिएका गाई बाच्छा संरक्षणका लागि नेपालकै इतिहासमा पहिलो पटक आयोजना यस महायज्ञमा वाचन प्रवीण पण्डित दीनबन्धु पोखरेलले कथा वाचन गरेको उनले बताए।

बेवारिसे गाई बाच्छा संरक्षण अभियानमा जनचासो बढ्ने क्रम पनि जारी छ। गाई बाच्छा संरक्षणका लागि कागेश्वरी मनोहरा नगरपालिकाले एम्बुलेन्स उपलब्ध गराएको थियो।

वैशाख २२ गते उपराष्ट्रपति रामसहायप्रसाद यादवले महायज्ञ उद्घाटन गरेका थिए। विसं २०७५ जेठ १ गतेदेखि बेवारिसे प्रारम्भ गरिएको अभियानबाट सडकमा दुःख पाएका गाई बाच्छाको संरक्षण भएको छ। छाडा छोडिएका गाई बाच्छा संरक्षणका लागि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने आयोजक समितिले जनाएको छ।

Logo