नेपाल अन्तर्राष्ट्रिय चलचित्र छायांकनको राम्रो गन्तव्य बन्न सक्छः उपराष्ट्रपति यादव

नेपाल अन्तर्राष्ट्रिय चलचित्र छायांकनको राम्रो गन्तव्य बन्न सक्छः उपराष्ट्रपति यादव

केन्द्रबिन्दु
0
Shares

उपराष्ट्रपति रामसहाय प्रसाद यादवले नेपाल अन्तर्राष्ट्रिय चलचित्र छायांकनको राम्रो गन्तव्य बन्न सक्ने बताएका छन् । 

अमेरिकाको टेक्ससमा आयोजना हुने ११ औं नेफ्टा फिल्म अवार्ड २०७९ को उत्कृष्ट पाँच मनोनयन घोषणाको कार्यक्रममा उनले, प्रकृतिको सुन्दर उपहार नेपाली भूमि विदेशी चलचित्र छायांकनको राम्रो गन्तव्य बन्न सक्ने बताएका हुन् । नेपालको सुन्दरता र यसको सम्भावनाबारे सबैले व्यापक प्रचार प्रसारमा सक्दो प्रयास गर्नुपर्ने उनको भनाई छ । 

उनले भने, ‘नेपाली चलचित्रलाई देश विदेशमा प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना हुने नेफ्टा अवार्डले चलचित्र क्षेत्रलाई वृहत बनाउन मद्दत गर्छ । यो अवार्ड निष्पक्ष र वस्तुपरक रही इमान्दिारिताका साथ कार्यक्रम सञ्चालन हुने कुरामा विश्वास गर्छु। प्रकृतिको सुन्दर उपहार नेपाली भूमि अन्तराष्ट्रिय चलचित्र छायांकनको राम्रो गन्तव्य स्थल बन्न सक्छ । यसका लागि अधिक्तम प्रचार प्रसार र प्रवर्धन गर्न जरुरी छ । सबै क्षेत्र एकजुट भए नेपाली चलचित्र क्षेत्र थप विकसित हुन सक्छ ।’

उपराष्ट्रपति यादवले नेपालमा गणतन्त्र, संघीयता, धर्म निरिपेक्षता, समावेशिता र समानुपातिक प्रतिनिधित्वलाई थप सुनिश्चितताका साथ कार्यान्वयनमा पनि यो क्षेत्रले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताए । उनले सिमित स्रोत साधन भए पनि यो क्षेत्रले सन्तोषजनक फड्को मार्नु गौरवको विषय भएको बताए । 

यो क्षेत्रले लाखौं नेपालीलाई मनोरञ्जनको साथै मौलिक भेषभूषा, पहिरन, संस्कृति, भाषा र इतिहासको संरक्षण तथा संवद्र्धन पनि गरेको उनको भनाई छ ।   

Logo