ललितपुर महानगर सम्पदाको लागि कुनै सम्झौता गर्दैनः प्रमुख महर्जन

ललितपुर महानगर सम्पदाको लागि कुनै सम्झौता गर्दैनः प्रमुख महर्जन

केन्द्रबिन्दु
0
Shares

ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले सम्पदाको हित विपरित कुनै पनि सम्झौता नगर्ने प्रष्ट पारेका छन् । 

आइतबार ललितपुरमा आयोजित ललितपुर महानगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रममा प्रमुख महर्जनले सम्पदामा राम्रो काम गरेको उल्लेख गर्दै सरकारको प्रोत्साहन आफूहरुसंग भएको बताएका हुन् । उनले भने, ‘हामी सम्पदाको लागि कुनै पनि कुरामा सम्झौता गर्दैनौं । त्यसैले  हामीले राम्रो काम गरेको हुनाले प्रदेश सरकारले राम्रो तक्मा दिएको छ ।’ 

यसैगरी ललिपुर महानगरपालिकाकी उपप्रमुख मञ्जली शाक्य बजगाईले जनताको आवश्यकता र विचारको आधारमा महानगरले विकास तथा सुधार गर्न चाहेको बताइन् । महानगरपालिका र बाहिरी क्षेत्रलाई हेर्दा आफूहरुलाई सन्तुष्टि नमिलेको भन्दै उनले  जनता विकासको प्रतीक्षामा रहेको उल्लेख गरिन् । 

Logo