फुटपाथ व्यापार बन्द गर्ने धनुषाका प्रजिअको घोषणा

फुटपाथ व्यापार बन्द गर्ने धनुषाका प्रजिअको घोषणा

केन्द्रबिन्दु
0
Shares

धनुषाका प्रमुख जिल्ला अधिकारी काशिराज दाहालले फुटपाथमा कुनै प्रकारको सामग्री नराख्न चेतावनी दिएका छन् । 

मंगलबार प्रजिअ दाहालले आ-आफ्नो पसलको आगाडिको सरसफाइ आफै गर्न व्यवसायीहरुलाई आग्रह गर्दै सामान राख्न फुटपाथ प्रयोग गरिए कडा कारवाही गर्ने चेतावनी दिएका हुन् । 

जनकपुरधामको सडकहरु व्यवस्थित गर्न र सडक सुरक्षाको लागि सडकमा हिँड्नेहरुले फुटपाथको प्रयोग गर्न, पार्किङ्ग व्यवस्थापन गर्न उनको आग्रह छ । उनले भने, ‘सडकमा हिँड्नेहरुलाई फुटपाथ प्रयोग गर्न जनचेतना फैलाउने, पार्किङ्ग व्यवस्थापनमा जटिलता देखिएको छ, यहाँ रहेका खाली जग्गा लिजमा लिएर भएपछि पार्किङ्गको समस्या समाधान गर्नु पर्छ । पोलमा होडिङ् बोर्डहरु पनि हटाउदैँ छौ । यसको उद्देश्य भनेको सुरक्षा व्यवस्थाको लागि हो ।’

उनले जनकपुरधामका उद्योग बाणिज्य संघका अध्यक्ष समेत यस अभियानमा लागेका कारण अटेर गर्ने व्यसायीलाई कारवाही गर्ने चेतावनीसमेत दिएका छन् ।

जनकपुरधामको सडक विस्तार भई सकेको र फुटपाथ समेत निर्माण भई सक्दा पनि फुटपाथ व्यवसायीहरुले सामान राखेर कव्जा गरेपछि सर्वसाधारणहरु सडकमै हिड्ने गरेका कारण दुर्घटनाको जोखिम बढि देखिएको छ ।

जनकपुरधाम उप–महानगरपालिकाले शुरु गरेको सडक सुरक्षा अभियानमा दाहालसंगै तीनै सुरक्षा निकायका सुरक्षाकर्मी, जनकपुरधाम उप–महानगरपालिकाका कर्मचारीहरु समेत सहभागी भएका थिए । 

Logo