लामो दुरीको गाडी भाडा घट्यो

लामो दुरीको गाडी भाडा घट्यो

केन्द्रबिन्दु
0
Shares

सरकारले लामो दुरीको सार्वजनिक यातायातको भाडा घटाएको छ। डिजेल र पेट्रोलको मूल्य घटेसँगै लामो दुरीका सवारीसाधनको भाडामा मूल्य समायोजन गरिएको छ।

यातायात व्यवस्था विभागतका अनुसार जेठ २ मा डिजेलको मूल्य घटेपछि आजैदेखि लागु हुनेगरी दुई वा सोभन्दा बढी प्रदेशमा सञ्चालन हुने सार्वजनिक यातायातको भाडादर स्वचालित प्रणाली बमोजिम समायोजन गरिएको छ।

यात्रुवाहक सवारीमा ३.२० प्रतिशतले घटेको छ भने पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा ४.१९ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा ४.६५ प्रतिशतले भाडा घटेको छ।

हेर्नुहाेस्, भाडादर-

 

Logo