कामीरिता २७औं पटक सगरमाथा चुचुरोमा, तोडे आफ्नै कीर्तिमान

कामीरिता २७औं पटक सगरमाथा चुचुरोमा, तोडे आफ्नै कीर्तिमान

केन्द्रबिन्दु
0
Shares

कीर्तिमानी आरोही कामीरिता शेर्पा २७औं पटक सगरमाथाको चुचुरोमा पुगेका छन् ।

आफ्नै रेकर्ड तोड्दै कामीरिताले आज (बुधबार) बिहान साढे ८ बजे सगरमाथाको २७औं पटक सफल आरोहण गरेको सेभेन समिट ट्रेक्सले जानकारी दिएको छ । 

कामीरिताले यसअघि २०७९ वैशाख २४ गते सगरमाथाको २६औं पटक आरोहण गरेका थिए । २ दशकभन्दा लामो समयमा विश्वका अग्ला हिमशिखर चढेका उनको आरोहण यात्रा भने सन् १९९२ बाट सुरु भएको थियो । सोलुखुम्बुको थामेमा सन् १९७० मा जन्मिएका कामिरिताले २२ वर्ष हुँदादेखि हिमाल चढ्न थालेको तथ्याङ्क छ। सगरमाथाको चुचुरोमा भने उनी पहिलोपटक सन् १९९४ मा २४ वर्षको हुँदा पुगेका थिए।

कामिरिताले सन् २००९, २०१०, २०१३ र २०१९ मा एकै याममा दुई पटक सगरमाथा आरोहण गरेका थिए । उनले सगरमाथासँगै विश्वकै दोस्रो अग्लो हिमाल के टू, चोयू, ल्होत्से र मकालुलगायतका हिमाल आरोहण गरेका पनि छन् ।

Logo