सरकार सुशासन कायम गर्न चुक्योः महालेखा परीक्षक शर्मा

सरकार सुशासन कायम गर्न चुक्योः महालेखा परीक्षक शर्मा

केन्द्रबिन्दु
0
Shares

महालेखा परीक्षक टंकमणि शर्माले सरकारले भ्रष्टाचार नियन्त्रण गर्ने कि शुसासन कायम गर्ने भन्ने कुराको निर्णय गर्न नसकेको आरोप लगाएका छन् । 

बुधबार काठमाडौंमा आयोजित शुसासन प्रवद्र्धनमा नागरिकको भुमिका विषयक कार्यक्रममा उनले भ्रष्टाचार नियन्त्रण गर्न सुशासन कायम गर्नुपर्ने बताएका हुन् । ‘भ्रष्टाचार नियन्त्रणबाट सदाचार तिर पुगेर शुसासन कायम गर्ने की ? सुशासन प्रवद्र्धन गर्दै भ्रष्टाचार नियन्त्रण गर्ने दुईमध्ये एउटा बाटो रोज्नुपर्ने अवस्था आएको छ । व्याप्त रुपमा देखिएको चाँही भ्रष्टाचार छ । त्यसलाई नियन्त्रण गरेर हामी सुशासनतिर फर्कन्छौं भन्ने की ? सबैले अनुशासित भएर आफ्नो आफ्नो ठाँउबाट नैतिक रुपले काम कारवाही गर्दै गएर सुशासन कायम गर्दै गर्दै भ्रष्टाचार न्यून गर्ने के गर्ने भन्ने कुराको छनौट अहिलेको कुरा हो । सबै भन्दा बढी भ्रष्टाचारी भनेर चिनिएका मानिसहरु पनि गएर भ्रष्टाचार नियन्त्रण गर्नुपर्छ भनेर ठूलो ठूलो स्वरमा  कराईरहेका छन् ।’

महालेखा परीक्षक शर्माले राज्यले यो विषयमा ध्यान दिन आवश्यक भएको बताए । सबै उस्तै हुन्छन भन्ने हुँदैन भन्दै उनले यसलाई नियन्त्रण गर्न थप अनुसन्धान गर्न आवश्यक भएको बताए । भ्रष्टाचार नियन्त्रणको लागि नयाँ रणनीति बनाउनु पर्ने उनको भनाइ छ । 

नेपालको वर्तमान रणनीतिले अव कार्य गर्न सक्ने अवस्था नरहेको पनि शर्माले बताए । 

Logo