सन्दीप लामिछानेको मुद्दामा पीडितको जन्मदर्ताकाे सक्कल फाइल मगाउन आदेश

सन्दीप लामिछानेको मुद्दामा पीडितको जन्मदर्ताकाे सक्कल फाइल मगाउन आदेश

केन्द्रबिन्दु
0
Shares

जिल्ला अदालत काठमाडौंले नेपाली क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा पीडितको जन्मदर्ता र जन्मिएको प्रमाण पत्रको सक्कल फाइल मागेको छ।

आइतबार न्यायाधीश फणिन्द्रप्रसाद पराजुलीको एकल इजलासले जाहेरीकर्ता गौशाला २६ को उमेर सम्बन्धमा अझै स्पष्ट हुनुपर्ने भन्दै अन्तिम सुनुवाइ नगरेको हो । इजलासले उक्त मुद्दामा गौशाला २६ को जन्मदर्ता र जन्मिएको प्रमाण पत्रको सक्कल फाइल स्थानीय तह र अस्पतालबाट मगाउने आदेश गरेको हो । 

गत ११ वैशाखमा मुद्दाको अन्तिम बहस सुरु भए पनि लगातार सुनुवाइ हुन सकेको थिएन। बलात्कार आरोप लागेका सन्दीपको मुद्दाको चाँडो किनारा लगाउन सर्वोच्चले आदेश दिएको भए पनि विभिन्न कारणले मुद्दाको अन्तिम सुनुवाइ प्रभावित हुँदै आएको छ।

किशोरीले जबरजस्ती करणी गरेको भन्दै दिएकाे जाहेरीमा असोज २० गते नेपाल पक्राउ परेका सन्दीपलाई मुद्दाको प्रारम्भिक सुनुवाइ गर्दै जिल्ला अदालतले कात्तिक १८ गते पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो । साे आदेशविरूद्ध सन्दीपले उच्चमा पुनरावेदन दिएका थिए । पुस १८ गते उच्चले उनलाई २० लाख धरौटीमा सशर्त रिहा गरेको थियो। त्यसपछि क्रिकेट खेल्न विदेश जान पाउनुपर्ने मागसहित सन्दीपले दिएकाे निवेदनमा सर्वोच्च अदालतले अनुमति पनि दिएको थियो। 

Logo