शरणार्थी प्रकरणः प्रहरीले सरकारी वकिललाई बुझायो अनुसन्धान प्रतिवेदन

शरणार्थी प्रकरणः प्रहरीले सरकारी वकिललाई बुझायो अनुसन्धान प्रतिवेदन

केन्द्रबिन्दु
0
Shares

नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले सरकारी वकिल कार्यालय काठमाडौंलाई अनुसन्धान प्रतिवेदन बुझाएको छ।

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भन्दै करोडौँ रकम ठगी भएको प्रकरणमा करिव दुई महिना लामो अनुसन्धानपछि प्रहरीले सोमबार जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा प्रतिवेदन बुझाएको हो ।

सो प्रतिवेदन आइतबार बुझाउने भनिए पनि कागजात अपुग भएपछि आज बुझाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दानबहादुर कार्कीले जानकारी दिए । उनका अनुसार यो मुद्दामा ३३ जनाविरुद्ध मुद्दा चलाउनुपर्ने र उजुरीकर्ताको दाबीको आधारमा २७ करोड बिगो माग गर्ने सकिने 
रायसहितको प्रतिवेदन सरकारी वकिलको कार्यालयलाई बुझाइएकाे छ। 

यस प्रकरणमा प्रहरीले पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, नेपाल सरकारका सचिव टेकनारायण पाण्डेलगायत १६ जनालाई पक्राउ गरेको छ भने केहीलाई पक्राउ पुर्जी जारी गरेपनि फरार छन् । 

Logo