डिनको कार्यालयमै चिकित्सा शास्त्रका विद्यार्थीले थाले रिले अनसन

डिनको कार्यालयमै चिकित्सा शास्त्रका विद्यार्थीले थाले रिले अनसन

केन्द्रबिन्दु
0
Shares

चिकित्सा शास्त्रका विद्यार्थीले आफ्ना माग पुरा गर्न माग गर्दै चिकित्सा शास्त्र अध्ययन संस्थान डिनको कार्यालयमै रिले अनसन थालेका छन् । 

मौका परिक्षा दिन पाउनुपर्ने र मौका परीक्षाको व्यवस्था गर्न नसके पढ्न नपाएका वर्षको रकम फिर्ता गर्नु पर्ने माग राख्दै उनीहरुले डिनको कार्यालयमा अनसन थालेका हुन् । 

आन्दोलनमा सहभागि मुकेश यादवले जति विद्यार्थी ब्यारियरमा परेका छन्, उनीहरुलाई एकपटक मात्र भए पनि परीक्षा दिन पाउने व्यवस्था मिलाउन  माग गरे । उनले भने, ‘हाम्रो माग भनेको अहिलेसम्म जति विद्यार्थी ब्यारियरमा परेका छन् उनिहरुलाई एक पटक मात्र भएपनि परीक्षा दिन पाउनु प-र्यो यसको लागि २४ घण्टाको लागि रिले अनसनमा बसिरहेका छौ । हाम्रो माग हामीलाई कित मौका परिक्षा दिनु प-र्यो, किनभने कारोनामा पनि धेरै पीडित छ ।’

उनले पढाई नभएपनि पाँच वर्षको गरेर नेपालीको लगभग ४५ देखि ५० लाख, भारतीय साथीहरुलाई ५० लाख देखि ६० आइसि नेपालको १ करोड जति रकम लिएको भन्दै परीक्षाको मौका नपाए पैसा फिर्ता हुनुपर्ने बताए । 

स्ववियू सभापति रुविका बस्नेतले क्याम्पस प्रमुखले विश्व विद्यालयको सम्पत्ति आफ्नो खातामा सारेर त्यसको दुरुपयोग समेत गरेकोले आन्दोलन थाल्नु परेको बताइन् । 
उनले यस विषयमा अख्तियार दुरुपयोग तथा अनुसन्धान आयोगले पत्राचार गरेको र यस विषयमा डिनको कार्यालयबाट पनि समिति बनाएको हुदाँ निष्पक्ष रुपमा काम गरेर दोषिलाई कारवाही गर्नुपर्ने आफूहरुको माग रहेको बताईन् ।  

उनले भने, ‘महाराजगंज नर्सिङ् कलेजमा भएको भ्रष्टाचार आवाजलाई उठाउन हामी यहाँ आएका हौ । विश्व विद्यालयको सम्पत्ति आफ्नो खातामा सारेर त्यसको दुरुपयोग गरिएको भन्ने विषयमा अख्तियार दुरुपयोग तथा अनुसन्धान आयोगले पत्राचार काटि सकेको छ र यसको विषयमा डिनको कार्यालयबाट पनि समिति बनाएको छ । यसले निश्पक्ष रुपमा काम गरेर सत्य सावित भएको दोषिलाई कारवाही गर्नुपर्छ भन्ने माग रहेको छ ।’

उनले शिक्षक भएपछि राजनीतिक हिसाबले भन्दा पनि विद्यार्थीहरुले के सिकिरहेका छन् भन्ने कुराहरुमा बढि ध्यान दिनुपर्ने भन्दै माथिल्लो तहमा बसेर क्याम्पस प्रमुखले गरेको कामले क्याम्पसको शिर झुकेको बताइन् । 

Logo