पक्राउ मध्येका सन्देश शर्माले असुल गरिएको रकम हिनामिना

पक्राउ मध्येका सन्देश शर्माले असुल गरिएको रकम हिनामिना

केन्द्रबिन्दु
0
Shares

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका मध्ये सन्देश शर्माले असुल गरिएको रकम समेत हिनामिना गरेर धन्दाका साझेदारलाई धोका दिएको खुलेको छ। 

प्रहरीका अनुसार नक्कली भुटानी शरणार्थीबाट असुल गरिएको रकम सरकारी गाडीमा राखेर नयाँ बानेश्वरस्थित सन्देशले सञ्चालन गरेको सशुल्क पार्किङस्थित भाडाको घरमा जम्मा गरिन्थ्यो। र आपसमा बाँडफाँड गरिन्थ्यो। सोही क्रममा सन्देशले असुल गरिएको १० करोड रुपैयाँ हिनामिना गरेर साझेदारलाई धोका दिएको प्रहरीको अनुसन्धानबाट खुलेको छ। 

सन्देशले नयाँ बानेश्वरस्थित थकाली भन्साघरनजिकै खाली रहेको जग्गा भाडामा लिई कार्यबिनायक नामको पार्किङ चलाउँथे। घटनाको अनुसन्धानमा संलग्न एक उच्च प्रहरी अधिकृतले भने,‘घटनामा पक्राउ परेको मध्ये सन्देश शर्मा सबैलाई चक्मा दिने खालको रहेछन्। नक्कली भुटानी शरणार्थीबाट असुल गरिएको रकम हिनामिना गरेर उनीले ‘पार्टनर’ समेत धोका दिएका रहेछन्। यसक्रममा उनले दश लाख रुपैयाँ हिनामिना गरेको अनुसन्धानबाट खुलेको छ ।’

प्रहरीले सन्देशलाई गत २९ चैतमा पक्राउ गरेको थियो। त्यसपछि मात्रै घटनामा संलग्नविरुद्ध  संठगित अपराध लगाउने निश्कर्षमा प्रहरी पुगेको थियो। त्यसअघि पक्राउ परेका अभियुक्तलाई प्रहरीले ठगि मुद्दामा म्याद थप गरेर अनुसन्धान गर्दै आएको थियो। 

सन्देश त्यही व्यक्ति हुन् जो सामुहिक बलात्कार अभियोगमा ३ कात्तिक ०७६ मा पक्राउ परेका थिए। जिल्ला प्रहरी परिसर ललितपुरको टाेलीबाट पक्राउ परेका उनी  जेल समेत चलान भएका थिए। पछि पीडितलाई ६० लाख रुपैयाँ दिने प्रलोभनमा अदालतमा बयान फेर्न लगाइएको थियो। त्यसपछि मात्रै उनी जेल मुक्त भएका थिए। उनीसँगै ज्ञानेन्द्र गजुरेललाई पनि पक्राउ परेका थिए। 

सन्देशसँगै प्रहरीले घटनामा संलग्न अन्य १६ अभियुक्तलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा पूर्वउप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, पूर्वसांसद आङटावा शेर्पा, पूर्वगृहसचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई, नेपाल हज कमिटीका अध्यक्ष शमशेर मियाँ, भुटानी शरणार्थी नेता टेकनाथ रिजालजस्ता हाई प्रोफाइललाई पक्राउ गरेको छ। 

त्यसबाहेक धन्दामा संलग्न सन्दीप रायमाझी, नरेन्द्र केसी, केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मा, सागर राई, टंक गुरुङ, रामशरण केसी र गोविन्द चौधरीलाई पनि पक्राउ गरेको छ। प्रतीक थापा, नीरज राई, बेचन झा, केशव तुलाधार, अशोक पोख्रेल, लक्ष्मी महर्जन, धीरेन राई, मोहन राई, दीपा हुमागाईं, सुनील बुढाथोकी, विनिता लिम्बू, निरञ्जन खरेल, राजेश अर्याल, हरिभक्त महर्जन, आशिष बुथाथोकी र रमा थापा फरार छन्। 

प्रहरीले उनीहरुविरुद्ध पनि मुद्दा चलाउने तयारी गरेको छ। घटनामा मुछिएका पूर्वगृहमन्त्री रामबहादुर थापा बादल, कांग्रेस सांसद मञ्जु खाण, पूर्वगृहसचिवद्वय प्रेमकुमार राई र महेश्वर न्यौपाने, राजेश बज्राचार्य, डा. अजयक्रान्ति शाक्य, नैनकला थापा, लीला जिसी, राजेश्वर स्थापितलगायत विरुद्ध भने प्रहरीेले तत्काल मुद्या नचलाने निश्कर्षमा प्रहरी पुगेका छन्। घटनामा पक्राउ परेका अभियुक्तले उनीहरु विरुद्ध पनि बयान दिएका थिए । तर, ठोेस प्रमाण फेला नपर्दा प्रहरीले उनीहरुलाई पक्राउ गरेको छैन। 

प्रहरीले घटनाको अनुसन्धान ५८ दिनपछि सोमवार अनुसन्धान प्रतिवेदन सरकारी वलिक कार्यालयमा पेश गरेको छ। १२ चैतमा घटनामा संलग्न भएको अभियोगमा प्रहरीले केशव दुलाल र सानु भण्डारीलाई पक्राउ गरेको थियो। त्यसको तीन दिनपछि अर्थात १५ चैतमा प्रहरीले अर्का बिचौलिया सागर राईलाई पक्राउ गरेको थियो।

२९ चैतमा सन्देश शर्मा पक्राउ परेपछि मात्रै प्रहरी संगठित अपराधमा मुद्दा चलाउने निश्कर्षमा पुगेका थियो। त्यसपछि, इन्द्रजीत राई, टेकनारायण पाण्डे, बालकृष्ण खाणलगायतका हाइप्रोफाइल पक्राउको सिलसिल सुरु भएको थियो। आइतबारसम्म नक्कली शरणार्थीका नाममा ठगि भएको भन्दै एक सय १२ पीडितले उनीहरुविरुद्ध प्रहरीमा उजुरी दिएका छन्। मुद्दामा २७ करोड ८४ लाख रुपैयाँ ठगि भएको भन्दै बिगो दाबी भएको छ। 

Logo