सन्दीप लामिछानेको मुद्दाकाे छिट्टै किनारा लगाउन माग गर्दै प्रदर्शन [तस्विरमा]

सन्दीप लामिछानेको मुद्दाकाे छिट्टै किनारा लगाउन माग गर्दै प्रदर्शन [तस्विरमा]

केन्द्रबिन्दु
0
Shares

क्रिकेटर सन्दीप लामिछाने न्यायका लागि युवाहरुले प्रदर्शन गरेका छन् । काठमाडौंको माइतीघर मण्डलामा मंगलबार भेला भएका युवाहरुले सन्दीपलाई चाँडो न्याय दिन माग गरेका छन् ।

अदालतमा विचाराधीन मुद्दाको किनारा चाँडो लगाउनुपर्ने उनीहरुको माग छ । लगातार पेसी सारिएपछि युवाहरु सडकमा उत्रिएका हुन् ।यसैबीच सन्दीपविरुद्धको मुद्दाको फैसला मंगलबार पनि हुन सकेन । काठमाडौं जिल्ला अदालतका न्यायाधीश शंकरबहादुर राईको इजलासले फैसलाको सुनुवाइ गरेन । उक्त इजलासले पीडितले दायर गरेको अन्तरिम क्षतिपूर्तिसम्बन्धी निवेदनको टुंगो लागेपछिमात्र फैसला सुनुवाइ हुने बताएको हो । 

साथै मुद्दाको अन्तिम किनारा नलागेकाले विश्वकप छनोट अघि दक्षिण अफ्रिकामा हुने अभ्यास खेलमा सन्दीप सहभागी नहुने भएका छन् । उनको लिगल टिमले मुद्दाको किनारा नलागेकाले सन्दीपलाई नपठाउने निर्णय गरेको हो । 

Logo