नागरिकता विधेयक कार्यान्वयनको बाटो खुलेसँगै काठमाडौंमा विजय उत्सव [तस्विरमा]

नागरिकता विधेयक कार्यान्वयनको बाटो खुलेसँगै काठमाडौंमा विजय उत्सव [तस्विरमा]

केन्द्रबिन्दु
0
Shares

नागरिकता विधेयक प्रमाणिकरण गर्ने बाटो खुलेसँगै नागरिकताविहीनहरुले काठमाडौंमा विजय उत्सव निकालेका छन् । विहीबार सर्वोच्च अदालतले विधेयकलाई अघि नबढाउन दिएको अल्पकालिन अन्तरिम आदेशलाई निरन्तरता नदिने फौसला गरेसँगै नागरिकताविहीन संघर्ष समितिले विजयी उत्सव मनाएको हो । 

सर्वोच्चको फैसलापछि अधिवक्ता जितेन्द्र झाले धेरै वर्षको संघर्ष पश्चात नागरिकता ऐन कार्यान्वयन गर्न बाटो खुलागर्न सफल भएको बताए । ‘आजको एतीहासिक सफलता २०४९ सालदेखिको संघर्ष पश्चात २०८० सालमा आएर यो सफलता प्राप्त भएको हो । १७ चोटि सर्वोच्च अदालतले रोकेपछि यसपटक आफ्नो अन्तरिम आदेश खारेज ग-यो ।’

यो सफलता सबैको संघर्षले सफल भएको उनको भनाई छ । पीडितहरुले आजको दिनलाई ऐतिहासिक भन्दै आन्दोलनमा साथ दिने सबैलाई धन्यवाद दिएका छन् । 

राष्ट्रपति रामचन्द्र पौडेलले जेठ १७ गते नागरिकता विधेयक प्रमाणीकरण गरेका  थिए । त्यसविरुद्ध परेको रिटमा सर्वोच्चले अल्पकालिन अन्तरिम आदेश जारी गरेपनि आज त्यसले निरन्तरता नपाउने फैसला भएसंगै विधेयक कार्यान्वयनको बाटो खुलेको छ । 

 

Logo