नवराज अधिकारीलाई धितोपत्र बोर्ड निमित्त अध्यक्षको जिम्मेवारी

नवराज अधिकारीलाई धितोपत्र बोर्ड निमित्त अध्यक्षको जिम्मेवारी

केन्द्रबिन्दु
0
Shares

काठमाडाैँ – नेपाल धितोपत्र बोर्डको निमित्त अध्यक्षको पदको जिम्मेवारी डा.नवराज अधिकारीलाई दिइएको छ। आइतबार मन्त्रिस्तरिय निर्णयले उनलाई अर्थमन्त्रालयले वरिष्ठ कर्मचारीको हैसियतमा अधिकारीलाई अध्यक्षको जिम्मेवारी दिएको हो। निवर्तमान अध्यक्ष रमेशकुमार हमालको कार्यकाल सकिएपछि बोर्डको अध्यक्ष पद रिक्त रहेको थियो।

जसअनुसार नेपाल धितोपत्र बोर्ड गत पुस २० गतेदेखि नेतृत्वविहीन छ। सरकारले धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि राष्ट्रिय योजना आयोगको उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति गठन गरेको छ। समितिमा अर्थ मन्त्रालयका सचिव डा.कृष्णहरि पुष्कर र व्यवस्थापनका प्राध्यापक उदय निरौला सदस्य छन्।

Logo