दृश्य प्रदुषण गरेको भन्दै काठमाडौँ महानगरले गर्‍यो ५० हजार जरिवाना

दृश्य प्रदुषण गरेको भन्दै काठमाडौँ महानगरले गर्‍यो ५० हजार जरिवाना

केन्द्रबिन्दु
0
Shares

काठमाडाैँ- आकाशे पुलमा व्यानर लगाएर दृश्य प्रदुषण गरेको भन्दै काठमाडौँ महानगरपालिकाले ५० हजार रुपैयाँ जरिवाना गरेको छ। महानगरपालिकाले त्यसरी व्यानर राखेर लामो समयसम्म पनि नहटाउने इन्नोभेटिभ कन्सेप्ट प्रालिलाई ५० हजार रुपैयाँ जरिवाना गरी पुलमा राखिएको व्यानर जफत गरेको छ।

महानगर प्रहरीले प्रशासनिक दण्ड, जरिवाना र जफत शीर्षकमा जरिवाना गरी आकाशे पुलहरुमा सो कम्पनीले लगाएको व्यानरसमेत जफत गरेको हो। नगर प्रहरी निरीक्षक राजनकुमार कार्कीले सो कम्पनीबाट जरिवानावापत् ५० हजार रुपैयाँ असुल गरेका छन्।

‘विभिन्न आकाशे पुलहरुमा व्यानर लगाइ पूरानो हुँदा सम्म पनि नहटाएको र त्यसबाट दृश्य प्रदुषण गरी फोहोरमैला गरेवापत् ५० हजार रुपैयाँ जरिवाना गरिएको छ,’ जरिवाना रसिदमा उल्लेख छ।

Logo