अयोध्यामा प्राण प्रतिष्ठा, जानकी मन्दिरमा दीप प्रज्वलन

अयोध्यामा प्राण प्रतिष्ठा, जानकी मन्दिरमा दीप प्रज्वलन

केन्द्रबिन्दु
0
Shares

जनकपुर- भारतको अयोध्यामा नवनिर्मित भगवान राम मन्दिरको प्राण प्रतिष्ठाको अवसरमा आज बेलुका जनकपुरधामस्थित जानकी मन्दिरमा सवा लाख दीप बालिने भएको छ।

राम मन्दिरको प्राण प्रतिष्ठाका दिन एक लाख २५ हजार दीप बाल्नुको साथै विशेष आरती गरिने तयारी गरिएको छ। राम मन्दिरको उदघाटनको दिन दुवै मुलुकका लागि विशेष भएकाले दीप बाल्न तथा उत्सवमा उपस्थित हुन सबैमा आग्रह गरिएको छ।

अयोध्यामा नवनिर्मित भगवान राम मन्दिरको प्राण प्रतिष्ठालाई लिएर मधेश प्रदेशका अधिकांश मठमन्दिर रङ्गरोगन गरेर चिटिक्क बनाइएको छ भने जताततै राम अंकित झण्डा झुण्ड्याइएको छ।

सयौं वर्ष लामो प्रतीक्षापछि भगवान् रामको मन्दिर निर्माण भएको खुसीयालीमा धनुषाको जनकपुरधाम उपमहानगरपालिका, क्षीरेश्वरनाथ, सहिदनगर, औरहीलगायत मधेश प्रदेशका दुई दर्जनभन्दा बढी स्थानीय तहले सोमबारका लागि सार्वजनिक बिदा दिएका छन्।

Logo