‘सरकारले मालिकको कुरा सुन्छ कि श्रमिकको ?’

‘सरकारले मालिकको कुरा सुन्छ कि श्रमिकको ?’

केन्द्रबिन्दु
0
Shares

काठमाडाैँ । श्रमजीवि पत्रकार संघको अगुवाइमा पत्रकारहरुले पारिश्रमिक बढाउन माग गर्दै काठमाडौँमा धर्ना दिएका छन्।सोमबार काठमाडौँमा श्रमजीवि पत्रकार संघले श्रमजीवि पत्रकारहरुको पारिश्रमिक बढाउनुका साथै कानून नमान्ने मिडिया हाउसलाई कारबाहीको माग गर्दै धर्ना दिएका हुन्।

धर्ना कार्यक्रममा श्रमजीवि पत्रकार संघ,नेपालका अध्यक्ष जन्मदेव जैसीले सञ्चार मन्त्रालयले पत्रकारहरुको पारिश्रमिकको विवरण मन्त्रिपरिषदमा पेस गरिसकेको भए पनि थन्केर बसेको भन्दै त्यसमा साहुहरुले चलखेल रहेको आसंका व्यक्त गरे।

उनले भने,‘सञ्चार मन्त्रालयले श्रमजीवि पत्रकारहरुको पारिश्रमिकको नयाँ विवरण क्याविनेटमा पेस गरिसकेको छ। तर क्याविनेटमा त्यो थन्केर बसेको छ। अर्थमन्त्रीको नेतृत्वमा बन्ने पूर्वाधार समितिबाट ऐजेण्डा बनाएर क्याविनेटमा लिनुपर्ने अहिलेसम्म लिएको छैन। यसमा साहुहरुले चलखेल गरेको हुनसक्छ। अब सरकारले मालिकको कुरा सुन्छ कि श्रमिकको?’

उनले सरकारमा मिडिया साहुहरुको प्रभाव रहेको भन्दै सरकार साहुहरुको अगाडि नतमस्तक हुन बाध्य भएको टिप्पणी गरे। मिडिया मालिकहरुको दबाबमा अर्थमन्त्री स्वयम् परेको उनको आरोप छ। श्रमजीवि पत्रकारहरुले गत फागुन ८ गते सरकारलाई श्रमजीवि श्रमिकहरु र पत्रकारहरुको पारिश्रमिक वृद्धि गर्न माग राख्दै ज्ञापनपत्र बुझाएका थिए।

Logo