न्युरोड क्षेत्रमा पार्किङ गरिएका सवारी साधन काठमाडौँ महानगरले उठायो

न्युरोड क्षेत्रमा पार्किङ गरिएका सवारी साधन काठमाडौँ महानगरले उठायो

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ । न्युरोड क्षेत्रमा पार्किङ गरिएका सवारी साधन काठमाडौँ महानगरपालिकाले उठाएको छ। न्युरोड क्षेत्रको कालोपत्रे सडकमा आजदेखि पार्किङ गर्न निषेध गरेसँगै महानगरपालिकाले कडाइ थालेको हो।

जसअनुसार मंगलबार बिहान वीर अस्पताल अगाडिको सडक खण्डमा पार्किङ गरिएका मोटरसाइकलहरू नगर प्रहरीको सवारी साधनको प्रयोग गरेर उठाइएको महानगरले जनाएको छ।

महानगरपालिकाले आजदेखि सडकमा पार्किङ गर्ने अभ्यासमा रोक लगाउँदै सवारी आवागमनलाई सहज बनाउने प्रयास थालेको हो। पार्किङ निषेध गरिएका स्थानहरूमा ‘नो पार्किङ’ का संकेत चिन्ह राखिएका छन्।

Logo