न्यूरोडका व्यवसायीहरू सटर बन्द गरेर सडकमा

न्यूरोडका व्यवसायीहरू सटर बन्द गरेर सडकमा

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ । न्यूरोड क्षेत्रका व्यवसायीहरू पार्किङ निषेधका विरोधमा उत्रिएका छन्। काठमाडौँ महानगरले मंगलबार बिहानदेखि न्यूरोडको कालोपत्रे सडकमा सवारी साधन पार्किङ निषेध गरेको हो।

अहिले त्यहाँका व्यवसायीहरू सटर बन्द गरेर विरोधमा उत्रिएका हुन् । पार्किङ गर्न नदिएपछि ग्राहक नआउने भन्दै व्यवसायीले विरोध जनाएका हुन् ।

धर्मपथ, जुद्ध सालिकदेखि इन्द्रचोक तर्फको सडक-खण्ड, खिचापोखरी, महाबौद्ध, वीर अस्पताल वरपरको कालोपत्रे सडकमा पार्किङ निषेध गरेको महानगरले जनाएको छ।

Logo